न्यु समिट क्वाटरफाईनलमा
शुक्रबार, ०८ भाद्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । आयोजक न्यु समिट कलेज प्रथम त्रिभुवन विश्वबिद्यालय अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
शुक्रबार बर्नहार्ट कलेजलाई ३६–३३ को स्कोरमा हराउदै समूह बिजेताको रुपमा न्यु समिटले अन्तिम आठमा स्थान बनाएको हो । आयोजकको जितमा समिर तामाङले सर्वाधिक १० स्कोर गरे ।
प्रतियोगिता अन्तर्गत नै शुक्रबार एसीएचएच,हिमालय र पाटन कलेजले सफलता हात पारेका छन् । एसीएचएचले एकेडेमीयालाई १९–१७ ले हराउदा हिमालयले एबडीन कलेजलाई २९–१७ को स्कोरमा रोक्यो ।
पहिलो दिन पराजय ब्यहोरेको पाटन कलेजले दोश्रो खेलमा ट्रिनिटी कलेजलाई ३९–२० को स्कोरमा हराउदै क्वाटर फाईनलको सम्भावनालाई जिबितै राखेको छ ।














%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)