एजेन्सी । इंग्ल्यान्डको च्याम्पियनसिप क्लब फुलहमका दुई खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
च्याम्पियनसिप क्लबका एक हजार ३० खेलाडीमा परिक्षण गर्दा फुलहमका दुई खेलाडीसहित कुल ३ जनामा कोरोना देखिएको हो ।
कोरोना पोजेटिभ देखिने खेलाडीको नाम भने खुलाईएको छैन । यस्तै कोरोना देखिएको तीनै जना सेल्फ आईसोलेसनमा रहेको बताईएको छ ।
यस अघि पहिलो चरणमा परिक्षणमा च्याम्पियनसिप क्लब हल सिटीका दुई जनामा कोरोना देखिएको थियो ।
कोरोनाको महामारीको कारण मार्च ८ बाट च्याम्पियनसिप लिग स्थगित गरिएको छ ।
तर, बाँकी सिजनको खेल जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।
यस्तै च्याम्पियनसिप क्लबले सोमबारबाट प्रशिक्षण सुचारु गर्ने बताईएको छ ।