एजेन्सी । इंग्लिस क्लब वाट्फोर्डका कप्तान ट्रोय डेनी टिमको प्रशिक्षणमा फर्कने भएका छन् ।
यस अघि टिमको प्रशिक्षणमा नगएका डेनी अर्को साताबाट प्रशिक्षणमा फर्कने भएका हुन् ।
कोरोना भाईरसको महामारीको कारण स्थगित वाट्फोर्डको प्रशिक्षण दुई साता अघिबाट सुचारु भईसकेको छ ।
तर, सानो समूह बनाएर गर्ने टिमको प्रशिक्षणमा कप्तान डेनी गएका थिएनन् ।
डेनीले आफ्नो र परिवारको स्वास्थ्यलाई ख्याल राख्दै प्रशिक्षणमा नजाने बताएका थिए ।
डेनीले आफ्नो बच्चालाई सास फेर्न गार्हो हुने समस्या भएको कारण थप भाईरस आउने डर भएकोले प्रशिक्षणमा नजाने बताएका थिए ।
पछिल्लो तथ्यांकअनुसार इंग्ल्यान्डमा कोरोनाको कारण काला वर्णका मानिसहरुको धेरै मृत्यु भईरहेको छ । जसको कारण समेत उनी प्रशिक्षणमा जान डराएका थिए
तर, वाट्फोर्डले अर्को साताबाट कन्ट्याक्ट प्रशिक्षण गर्नेछ । जसमा उनी सामेल हुने छन् ।
कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।