कोरोनाको कारण प्रशिक्षक स्मिथको बुबाको निधन
बिहिबार, १५ जेठ २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण इंग्लिस क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक डिन स्मिथका बुबाको निधन भएको छ ।
प्रिमियर लिग क्लब एस्टनले मुख्य प्रशिक्षक स्मिथको बुबा रोन स्मिथको निधन भएको पुष्टी गरेको छ ।
अल्जाइमर रोगको विरामी उनलाई एक साता अघि कोरोना देखिएको थियो ।
'एस्टन भिल्लाका मुख्य प्रशिक्षक डिनको बुबाको ७९ वर्षको उमेरमा निधन भएको खबर घोषणा गर्दा एस्टन भिल्ला परिवार दुख व्यक्त गर्दछ,' एस्टनले भनेको छ ।
स्मिथको बुबा एस्टनका समर्थक रहेका थिए । उनले भिल्ला पार्कमा काम समेत गरेका थिए ।







%20(2)-1765947464452.png&w=3840&q=75)








-1766593825391.webp&w=3840&q=75)