एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लबका खेलाडीले 'कन्ट्याक्ट' प्रशिक्षणको अनुमति पाएका छन् ।
प्रिमियर लिग क्लबले बुधबार 'कन्ट्याक्ट' प्रशिक्षणका लागि शतप्रतिशत मतदान गरेका छन् ।
'कन्ट्याक्ट प्रशिक्षण सुरु गर्नेबारे भएको मतदानमा क्लबले शतप्रतिशत मतदान गरेका हुन् । मतदानमा लिगका २० क्लबको सहभागिता रहेको थियो ।
अनुमति पाएसँगै अब क्लबका खेलाडीले 'कन्ट्याक्ट प्रशिक्षण थाल्ने छन् ।
बेलायती सरकारले पनि आइतबार 'कन्ट्याक्ट' प्रशिक्षणको अनुमति दिएको थियो ।
प्रिमियर लिग क्लबले गत साताबाटै सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण भने सुरु गरिसकेका छन् ।
कोरोना भाईरसको महामारीपछि स्थगित लिगको सुचारुका लागि यस कदम निकै महत्वपूर्ण रहेको बताईएको छ ।
लिगको 'प्रोजेक्ट रिस्टार्ट' अन्तर्गत यस चरणलाई दोस्रो चरण मानिएको छ ।
कोरोनाको कारण लिग गत मार्चबाट स्थगित गरिएको छ । र, लिग जुनमा सुचारु गर्ने तयारी गरिएको छ ।
लिग सुचारुकै लागि प्रिमियर लिगले खेलाडीमा कोरोनाको परिक्षणलाई समेत तिब्रता दिएको छ ।
हालसम्म १७ सय ४४ मा परिक्षण गर्दा ८ जनामा कोरोना देखिएको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । यस सिजन उपाधि जित्नका लागि लिभरपुललाई मात्र २ जितको आवश्यकता रहेको छ ।
यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ ।