एनबिए डिज्नी वर्ल्ड रिसोर्टमा गर्ने तयारी
आइतबार, जेठ ११, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकाको बास्केटबल प्रतियोगिता एनबिए जुलाईमा सुचारु गर्ने तयारी गरिएको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित एनबिए जुलाई अन्तिमबाट सुचारु गर्ने तयारी गरिएको हो ।
आयोजक नेसनल बास्केटबल एसोसियसनले स्थगित एनबिए फ्लोरिडाको डिज्नी वर्ल्ड रिसोर्टमा सुचारु गर्ने तयारी भईरहेको जनाएको छ ।
कोरोनाको कारण एनबिए गत मार्च ११ बाट स्थगित गरिएको छ ।
एनबिएका प्रवक्ता माइक बासले प्रतियोगिता सुचारुका लागि प्लेयर एसोसियसन र रिसोर्टसँग छलफल भईरहेको छ ।
कोरोनाको कारण सबैभन्दा धेरै प्रभावित राष्ट्र अमेरिका हो । अमेरिकामा ९६ हजार बढीको मृत्यु भईसकेको छ ।








-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

