एजेन्सी । इंग्लिस क्लब वाट्फोर्डका डिफेन्डर एड्रियन मारियाप्पालाई कोरोना भाईरसको संक्रमण देखिएको पुष्टि भएको छ ।
यस अघि वाट्फोर्डले एक खेलाडीसहित तीन जनामा कोरोना भाईरसको संक्रमण देखिएको बताएको थियो । वाट्फोर्डके नाम भने सार्वजनिक गरेको थिएन् ।
तर, डिफेन्डर एड्रियनले टेलिग्राफसँग कुरा गर्दै आफुलाई कोरोना देखिएको पुष्टि गरेका छन् ।
'यो केहि डरलाग्दो छ । तपाई कसरी ठिक महसुस गर्न सक्नु हुन्छ । वास्तवमा मैले घर छाडेको छैन तर भाईरस छ,' टेलिग्राफसँग उनले भने, 'यदि यो सत्य नभएको भए म प्रशिक्षणमा हुने थिए । प्रशिक्षण गरिरहेका हुने थिए । मसँग भाईरस छ भनेर मैले पत्ता लगाउँन सकेको थिएन ।'
वाट्फोर्डले मंगलबार गरेको परिक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएको जनाएको थियो । जसमा दुई स्टाफ रहेको बताईएको छ ।
तीनै जना एक साताको सेल्फ आईसोलेसनमा रहेको जनाएको छ ।
उनीहरु प्रिमियर लिगले मंगलबार ७ सय ४८ जनाको परिक्षण गर्दा भेटिएका हुन् । प्रिमियर लिगले ६ जनामा कोरोना देखिएको जनाएको थियो ।
क्लबको प्रशिक्षण सुचारु अघि खेलाडी र स्टाफको कोरोना परिक्षण गरिएको थियो ।
प्रिमियर लिग क्लबले सानो समूह बनाएर मंगलबारबाट प्रशिक्षण सुरु गरिसकेका छन्।