एजेन्सी । इंग्लिस क्लब वाट्फोर्डका एक खेलाडीसहित तीन जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
वाट्फोर्डले मंगलबार गरिएको परिक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
'वाट्फोर्ड फुटबल क्लब तीन जनामा कोरोना भएको पुष्टि गर्दछ । तीन जना मध्ये एक खेलाडी र दुई स्टाफ छन् । क्लबले उनीहरुको नाम सार्वजनिक गर्ने छैन,' क्लबले जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै क्लबले तीनै जना एक साताको सेल्फ आईसोलेसनमा रहेको जनाएको छ ।
प्रिमियर लिगले मंगलबार ७ सय ४८ जनको परिक्षण गर्दा ६ जनामा कोरोना देखिएको जनाएको थियो ।
मंगलबार बर्नलीका सहायक प्रबन्धक इयान वोनलाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।
क्लबको प्रशिक्षण सुचारु अघि खेलाडी र स्टाफको कोरोना परिक्षण गरिएको थियो ।
प्रिमियर लिग क्लबले सानो समूह बनाएर मंगलबारबाट प्रशिक्षण सुरु गरेको छ ।
यस्तै गत मार्चबाट स्थगित लिग जुनमा सुचारु गर्ने तयारी गरिएको छ ।