एजेन्सी । कोरोना भाइरसको महामारीको कारण स्थगित स्कटल्याण्डको शीर्ष डिभिजन लिग स्कटिस प्रिमियरसिपको सिजन अन्त्य गरिएको छ ।
स्कटिस प्रिमियरसिपले सोमबार बसेको बोर्ड बैठकले सिजन अन्त्य गर्ने निर्णय गरेको हो । लिगमा सहभागी १२ क्लबको सहमतिपछि सिजन अन्त्य गरिएको हो ।
सिजन अन्त्य भएसँगै शीर्ष स्थानको सेल्टिक च्याम्पियन बनेको छ । लिगमा सेल्टिक दोस्रो स्थानको रेन्जर्स भन्दा १३ अंकले अघि रहेको थियो ।
यस्तै पुछारमा रहेको हर्ट्स एफसी रेलिगेसनमा परेको छ ।
कोरोनाको कारण गत मार्चबाट लिग स्थगित गरिएको थियो ।