• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
पर्वतीय तालिम केन्द्र स्थापना – सरकार कति गम्भिर ?
हिम बिक्रम केसी
सोमबार, जेठ ५, २०७७ हिम बिक्रम केसी
पर्वतीय तालिम केन्द्र स्थापना – सरकार कति गम्भिर ?

काठमाडौं । उच्च पर्वतीय तालिम केन्द्र स्थापनाका लागि सरकारले पछिल्ला ५ बर्षदेखि थोर बहुत बजेट विनियोजन गर्दै आएको छ । तालिम केन्द्र स्थापना गर्ने तथा पर्यटन र खेलकुदको जोडबाट आर्थिक आम्दानी हासिल गर्ने उद्धेश्य सरकारले राखेको देखिन्छ ।

सोही अनुसार केन्द्र स्थापनका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), पर्यटन मन्त्रालय तथा विभिन्न प्रदेश सरकारले आ–आफ्नो क्षेत्रबाट बजेट विनियोजन गरेर काम गर्दै आएका छन् । तर उच्च पर्वतीय तालिक केन्द्र (हाई अल्टिच्युड ट्रेनिङ सेन्टर) स्थापना गर्ने सरकारको योजनाले अहिलेसम्म आकार पाउन सकेको छैन ।

मन्त्रालय र विभिन्न सरोकारवाला निकायले अध्ययन गर्ने, स्थानको छनोट गर्ने, जग्गा प्राप्तीको प्रक्रिया अघि बढाउने तयारीमै तालिम केन्द्र स्थापनाको काम अल्झिएको छ । उच्च पर्वतीय तालिम केन्द्र स्थापना गरेर विश्व खेलकुदका ठुला खेलाडीलाई देशको पर्यटन र खेलकुदसंग जोडेर आम्दानी गर्ने सरकारी लक्ष्य योजनामै सिमित छ ।

सरकारले नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा उच्च पर्वतीय तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेसंगै यस बिषयले पुन चर्चा पाएकाे छ ।

पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोबिन्द भट्टराई केन्द्र स्थापनाको घोषणा नीति तथा कार्यक्रममा समावेश भएसंगै सरकारको प्राथमिकतामा यस क्षेत्रमा परेको बताउँछन् ।

‘नीति तथा कार्यक्रममा समावेश भएसंगै सरकारी निकायले गम्भिर रुपमा काम गर्नेछ भन्ने लाग्छ । अब घोषणा कार्यान्वयन हुन्छ भन्ने अपेक्षा गरौ ।’ उनी भन्छन् ।

तालिम केन्द्र स्थापनाका लागि मन्त्रालय सहित विभिन्न निकायले थोर बहुत रकम बजेट बिनियोजन गरेर काम गरिरहेका छन् । तर विभिन्न निकायले फरक फरक तरिकाले प्रक्रिया अघि बढाउँदा ठोस नतिजा निस्कन सकेको छैन ।

मन्त्रालय र राखेपले केही कार्य योजनामा पारेर तालिम केन्द्र स्थापनाका लागि न्युनतम बजेट छुट्याउने, ठाउँहरु हेर्ने, खोज अनुसन्धान गर्ने र जग्गा खोज्ने जस्ता काम गर्दै आएको छ । प्रदेश नम्बर एक र गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेर केन्द्र स्थापनाका लागि पहल लिएको देखिन्छ ।

पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष भट्टराई जिम्मेवार निकाय गम्भिर नबन्दा वृहत केन्द्र स्थापनाको काम अघि बढ्न नसकेको बताउँछन् ।

‘बोलेपछि बिन्छ भनेर मान्छेले बर्षैदेखि यसलाई एजेण्डाको रुपमा ब्याख्या गर्दै आए । उच्च पर्वतीय तालिक केन्द्र खेलकुदको विकाउ माल मात्र बन्यो । तर आएको बजेट फ्रिज हुने र अनुसन्धान गरेर बनाएका प्रतिवेदन मन्त्रालय र विभिन्न निकायमा थन्किने रोगले नतिजा निस्कन सकेन ।’ उनी भन्छन् ।

समुन्द्र सतहदेखि उग्लो तथा भौगोलिक र वातवरणीय हिसाबले अनुकुल नेपालमा उच्च पर्वतीय खेलकुद तालिम केन्द्रको सम्भावना देखिन्छ । तर यसको स्थापनादेखि सञ्चालनको वृहत योजना बन्न नसक्दा लक्ष्य एजेण्डामै सिमित छ ।

राखेप सदस्य सचिव रमेश सिलवाल तालिम केन्द्र स्थापना गर्ने घोषणा नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले यसको महत्व महशुश गरेको धारणा राख्छन् ।

‘बजेट कति आउँछ, बाँकी कुरा त्यसमा भर पर्छ । तर नीति तथा कार्यक्रमै आएपछि सरकारले महत्व महशुश गर्यो भनेर लिनुपर्छ ।’ उनी भन्छन् ।

उनले विगत ५ बर्षदेखि बजेट विनियोजन भएर काम हुदै आएपनि केन्द्र स्थापनाको घोषणा नीति तथा कार्यक्रममा पहिलो पटक समावेश भएको बताए ।
राखेपले बजेट विनियोजन गरेर जुम्ला, मनाङ, मुस्ताङ, घान्द्रुकमा तालिम केन्द्र स्थापनाका लागि प्रक्रिया अघि बढाएको सिलवालले जानकारी दिए ।

‘सुरुमा तालिम केन्द्र स्थापनाको 'मास्टर प्लान'नै बनाउन आवश्यक छ । विदेशीलाई समेत काम लाग्ने तरिकाले पर्यटन र खेलकुदलाई पबर्द्धन गर्ने हिसाबले बनाउनु पर्छ ।’ सिलवाल भन्छन् ।

उनले पर्वतीय खेलकुद तालिम केन्द्रलाई पर्यटन प्रबर्द्धन र आम्दानीको स्रोत बनाउनुपर्ने उल्लेख गर्दै बाहिरबाट बिज्ञलाई झिकाएर वृहत योजना बनाउनुपर्ने बताउँछन् ।

‘तालिक केन्द्र भनेको मैदान र कभर्डहल मात्र बुझ्न हुदैन । सुरक्षा, यातायात, होस्टेल, बस्ने, खाने सुविधालाई ध्यानमा राखेर तालिम केन्द्रको वृहत योजना बनाउन आवश्यक छ ।’ उनी भन्छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP