लुम्बिनीले जिते प्लेअफमा पुग्नै सबै टोलीको टुंगो लाग्ने
शुक्रबार, १९ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबार अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न जित्नैपर्ने दबाब छ।
लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ। जनकपुरले हालसम्म ५ खेलबाट २ अंक मात्र हात पारेको छ। यस्तै, साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भने क्वालिफायर १ मा पुगिसकेको छ।
विराटनगर किङ्स र काठमान्डु गोर्खाजले पनि प्लेअफ पक्का गरिसकेका छन्।










-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)
