लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा
बिहिबार, १८ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। लगातार छैटौं जित निकाल्दै साबिक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपिएल)को क्वालिफायर १ मा स्थान पक्का गरेको छ।
बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पाखा लगाएको हो।
सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२० रन जोड्न सक्यो।
योसँगै सुदूरपश्चिमले ६ खेलबाट १२ अंक पुर्याएको छ। समान खेलमा ४ अंक रहेको चितवन बाहिरिने जोखिममा पुगेको छ।









-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)

