बुधबार, असोज २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

शनिबार, भदौ १४, २०८२खेलपाटी संवाददाता
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
Classic Tech Internet Ad

काठमाडौं । एसियन पावर लिफ्टिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शनिबार सम्मानित गरिएको छ । 

नेपाल युथ फिटनेस एन्ड केलिस्थेनिक्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

साउन ३० देखि भदौं १ गतेसम्म काठमाडौंमा भएको एसियन पावर लिफ्टिङ च्याम्पियनसिपमा एसियाली देशका १ सय २० भन्दा बढी खेलाडी सहभागी थिए ।

पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल युथ फिटनेश एन्ड केलिस्थेनिक्सका प्रमुख सुकदेव कार्कीले सम्मान पत्र र नगद सहित सम्मान गरेका थिए ।

प्रतियोगितामा नेपालको तर्फबाट लक्ष्मी महर्जन, रुबि श्रेष्ठ, रोमिका न्यौपाने, कल्पना खत्री, पुनम चौधरी, झरना योञ्जन, किरण सुवाल, दिकेश शिखाकार, निमेश चुकान, सबिता हान्जु, प्रमिका विष्ट, पुनम बोमजन, जितेन्द्र शाह, बालकृष्ण तन्डुकार, बिकेन जोशीले पदक जित्न सफल भएका थिए । 

यस्तै, अंकित योन्जन, अल्बिना राजथला, महिमा सिन्तान, भेषकुमारी असलामी, बिशाल श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, साहिन रञ्जित, रविन राई, मानुकला राई, सर्मिला शाह, दिपेश बोहोरा, दिपेश शैजु, राजिव खड्का, आकृत बाँनिया, ज्ञानेन्द्र राज पाण्डे, राजिव श्रेष्ठ, आरोन लामा, रमेश श्रेष्ठ, ज्ञानरत्न शाही, ओजास जोशी, अर्जुन श्रेष्ठ, प्रसिद्ध शाक्य, उमेश भट्ट, उज्वल मानन्धर, देवकी खड्का, सावित्रा श्रेष्ठ, उत्कर्ष श्रेष्ठ, सुजित अवाले, मनोज श्रेष्ठ, आदेश श्रेष्ठ सम्मानित भएका थिए ।

एन्टी डोपिङ परिक्षण गरेर नीजि क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय प्रतियोगिताको सञ्चालन सफलतापूर्वक सम्पन्न गर्न सकिएको आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले बताए । नेपालको आयोजनाबाट अन्तराष्ट्रिय सहभागी समेत प्रभावित भएको उल्लेख गर्दै उनले नेपाली प्राविधिक टिमलाई अन्तराष्ट्रिय प्रतियोगितामा समेत अवसर सिर्जना गर्न सकिएको उल्लेख गरे ।

राखेप सदस्य सचिव घिसिङले नेपालको पावरलिफ्टिङको संस्थागत विकासमा आफु गम्भिर रहेको बताउँदै नन वेट लिफ्टिङ खेलहरुको महासंघ बनाउने विषयमा आफुले योजना बनाएको बताए । कार्यक्रममा नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ लगायतका अतिथीहरुले शुभकामना मन्तब्य राखेका थिए । 
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन

Bajaj Pulsar Motorcycle Ad
विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

नेपालको लगातार चौथो हार

नेपालको लगातार चौथो हार

सुमनले आफ्नै पोस्टमा गरे गोल

सुमनले आफ्नै पोस्टमा गरे गोल

इतिहासमै पहिलोपल्ट जापानसँग हार्‍यो ब्राजिल

इतिहासमै पहिलोपल्ट जापानसँग हार्‍यो ब्राजिल