एजेन्सी । ब्राजिलका पूर्व डिफेन्डर रोबर्टो कार्लोसले पूर्व सहकर्मी तथा पूर्व ब्राजिलियन फरवार्ड रोनाल्डो उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
कार्लोसले अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेयमार भन्दा रोनाल्डो उत्कृष्ट भएको बताएका हुन् ।
'रोनाल्डो सर्वश्रेष्ठ थिए। त्यहाँ अर्को रोनाल्डो हुने छैन,' कार्लोसले भने, 'नेयमार, क्रिस्टियानो वा मेस्सी होइन । रोनाल्डो बेग्लै किसिमका छन् ।'
ब्राजिलियन लिजेण्ड रोनाल्डोले देशका लागि दुई पटक विश्वकप जितेका थिए । उनले क्लब फुटबलमा बार्सिलोना, रियल मड्रिड र इन्टर मिलान जस्ता ठुला क्लबबाट खेलेका थिए । क्लबका लागि थुप्रै उपाधि जितेका थिए ।
कार्लोस र रोनाल्डोले रियलबाट पाँच वर्ष सँगै खेलेका थिए ।
'हाम्रो समयमा गोल गर्न कठिन थियो । त्यस समय सुरक्षाको कारण फरवार्डलाई शारीरिक रुपमा कठिन थियो । तर, रोनाल्डोले सबै गर्थे,' कार्लोसले थपे ।