एजेन्सी । इटालियन क्लब इन्टर मिलानका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
टिमको प्रशिक्षण गर्नु अघि गरिएको परिक्षणमा सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको इन्टरले जनाएको छ ।
खेलाडीसँगै प्रशिक्षकहरु र व्यवस्थापक टिमका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको क्लबले जनाएको छ ।
शनिबार मात्र पर्माका दुई खेलाडीमा कोरोना देखिएको थियो ।
इन्टरले सोमबारबाट टिमको प्रशिक्षण सुरु गर्दैछ । यस अघि खेलाडीले व्यक्तिगत प्रशिक्षण गर्दै आईरहेको थियो ।
कोरोनाको कारण इटालियन सिरी ए फुटबल गत मार्चबाट स्थगित गरिएको छ ।
सिरी ए आगामी जुनबाट सुचारु गर्ने बताईएको छ ।