एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको दोस्रो लेग खेल अगष्टमा हुने भएको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित सिटी र रियलबीचको दोस्रो लेगको खेल अगष्ट ७ मा हुने तय भएको डेलीमेलले जनाएको छ ।
तर, च्याम्पियन्स लिगले भने औपचारिक रुपमा रियल र सिटीबीचको खेलको तालिका सार्वजनिक गरेको छैन ।
कोरोनाको महामारीपछि गत मार्चबाट सम्पूर्ण फुटबल गतिविधि थगित गरिएको छ । तर, जर्मनीको बुन्डेसलिगा फुटबल भने शनिबारबाट सुचारु गरिएको छ ।
यस अघि गत फेब्रुवरीमा रियलको मैदानमा भएको पहिलो लेगमा सिटीले २-१ को जित निकालेको थियो । दोस्रो लेग सिटीको मैदानमा हुनेछ ।
१३ पटकको च्याम्पियन रियललाई अन्तिम आठमा पुग्न उत्कृष्ट जितको आवश्यकता रहेको छ । सिटीलाई भने बराबरीले पुग्नेछ ।