एजेन्सी । इटालियन क्लब पर्माका दुई खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इटालियन सिरी 'ए' क्लब पर्माले शनिबार आफ्ना दुई खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपछि दुई खेलाडीलाई आईसोलेसनमा राखिएको पर्माले जनाएको छ ।
क्लबमा आबद्द ६० जनामा परिक्षण गर्दा दुई खेलाडीमा पोजेटिभ देखिएको बताईएको छ ।
पर्माले दुवै खेलाडीको दोस्रो नतिजा भने नेगेटिभ आएको समेत जनाएको छ । तर, पनि खेलाडीलाई आईसोलेसनमा राखिएको जनाएको छ ।
सोमबारबाट टिमको प्रशिक्षण गर्ने तयारी गरिरहदा पर्माका दुई खेलाडीमा कोरोना देखिएको हो ।
कोरोनाको महामारीपछि गत मार्चबाट इटालियन सिरी ए लिग स्थगित गरिएको छ ।