एजेन्सी । जर्मन बुन्डेशलिगामा बोरुसिया मोन्चेनग्लाडवाच तेस्रो स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा फ्रान्कफर्टलाई हराउँदै मोन्चेनग्लाडवाच तालिकाको तेस्रो स्थानमा उक्लिएका हो ।
खाली रंगशालामा खेलिएको दिनको अन्तिम खेलमा मोन्चेनग्लाडवाचले फ्रान्कफर्टलाई ३–१ गोल अन्तरले हरायो ।
जितसंगै मोन्चेनग्लाडवाचले सन् १९७७ पछि पहिलो पटक बुन्डेसलिगा जित्ने अभियानमा आफुलाई कायम राखेको छ ।
पाहुना टोली मोन्चेनग्लाडवाचले सुरुवातमै अलसाने फ्लीको गोलमार्फत अग्रता बनाएको थियो । सातौ मिनेटमा मार्कस थुरमले अग्रतालाई दोब्बर बनाउने काम गरे ।
७३ औं मिनेटमा रामी बेन्सेबैनीले पेनाल्टीमार्फत मोन्चेनग्लाडवाचलाई ३–० को अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा घरेलु टोलीका बैकल्पिक खेलाडी आन्द्रे सिल्भाले सान्त्वना गोल फर्काए ।
मोन्चेनग्लाडवाच ५२ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । फ्रान्कफर्ट २८ अंक सहित तालिकको १३ औं स्थानमा छ ।
खेल दर्शक विहिन रंगशालामा सञ्चालन गरिएको थियो । कोरोना महामारीको दुई महिनाको विश्रामपछि जर्मन बुन्डेसलिगा सुरु भएको हो ।