एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा आरबी लिपजिगले बराबरी खेल्दै अंक बाडेको छ ।
शनिबार भएको खेलमा लिपजिगले फ्रेईवर्गसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ३४ औं मिनेटमा म्यानुएल गुल्डेले गोल गर्दै फ्रेईवर्गलाई अग्रता दिलाएका थिए । खेलको ७७ औं मिनेटमा युसुफ पुल्सेनले गोल गर्दै लिपजिगलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको अन्तिम समयमा फ्रेईवर्गले गोल गरेको थियो । तर, रोबिन कोचको गोललाई रेफ्रीले भीएआरको सहायताबाट अफसाइड दिएका थिए ।

बराबरीसँगै लिपजिगले २६ खेलबाट ५१ अंक जोडेको छ । लिपजिग तेस्रो स्थानमा रहेको छ ।
फ्रेईवर्ग ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस्तै वुल्फवर्गले अग्स्बर्गलाई २-१ ले पराजित गर्दा हेर्था बर्लिनले होफेनहाइमलाई ३-० ले हराएको छ । फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्नले गोलरहित बराबरी खेलेका छन् ।