टुर अफ ब्रिटेन रद्द
बिहिबार, जेठ १, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डमा आयोजना हुने साइक्लिङको प्रतियोगिता टुर अफ ब्रिटेन रद्द भएको छ ।
कोरोना भाईरसको महामारीको कारण सेप्टेम्बरमा तय भएको प्रतियोगिता रद्द गरिएको हो ।
प्रतियोगिता सेप्टेम्बर ६-१३ सम्म हुने तय भएको थियो । तर, प्रतियोगिता अब सन् २०२१ को सेप्टेम्बरमा मात्र हुनेछ ।
यस्तै महिलाको प्रतियोगिता टुर डे योर्कशायर समेत रद्द भएको छ ।

कोरोनाको कारण यस वर्ष इंग्ल्यान्डमा साइक्लिङको कुनैपनि प्रतियोगिता नहुने भएको छ ।
कोरोनाको महामारीको कारण इंग्ल्यान्डमा आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको छ ।
कोरोनाले इंग्ल्यान्डमा ३० हजार बढी मानिसको ज्यान गईसकेको छ ।








-1762154705887.png&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)


