एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका पूर्व फरवार्ड एड्विन कंगो पक्राउ परेका छन् ।
लागूऔषध ओसारपसारको आरोपमा स्पेनका प्रहरीले एड्विनलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि कोकिनको ओसारपसारको आरोप लगाएको छ ।
स्पेनिस प्रहरीले ४३ वर्षीय एड्विनसँगै अन्य १८ जनालाई पक्राउ गरिएको जनाएको छ ।
कोलम्बियाका पूर्व फरवार्ड समेत रहेका एड्विनले भने आफु निर्दोष रहेको बताएका छन् ।
सन् २००९ मा फुटबलबाट सन्यास लिएका एड्विन सन् १९९९ मा रियल आएका थिए । तर, उनले रियलको पहिलो टिमबाट खेल्न भने पाएनन् । उनले लोनमा रियल भालाडोलिट, भिक्टोरिया र टोलुसेबाट खेलेका थिए ।
सन् २००२ मा भने उनी लेभान्टे गएका थिए । त्यहाँ उनले १ सय २२ खेल खेलेका थिए ।
कोलम्बियाका लागि १७ खेलमा उनले ३ गोल गरेका थिए ।