एजेन्सी । इंग्लिस क्लब टोटेनहम तथा इंग्ल्यान्डका मिडफिल्डर डेली अलीको घरमा लुटपाट भएको छ ।
लुटेराको एक समूहले बुधबार बिहान मिडफिल्डर अलीको घरमा डकैती गरेको बीबीसीले जनाएको छ ।
नर्थ लण्डनस्थित अलीको घरमा दुई जना लुटेराले लुटपाट गरेको बताईएको छ । उनीहरुले केहि गहना र घडी लगायतको सामान लुटेको बताईएको छ ।
लुटेराको समय अलीको घरमा आमा, भाइ र अलीको गर्लफ्रेन्डसहित पाँच जना रहेको बताईएको छ ।
लुटेरा समूहसँगको मुठभेटमा अलीलाई सामान्य चोट लागेको समेत बताईएको छ ।
अलीले उक्त घटनापछि भयानक अनुभव गरेको तर अहिले आफु ठिक भएको बताएका छन् ।
'सन्देशको लागि सबैलाई धन्यवाद,' अलीले ट्वीटरमा लेखेका छन्, 'भयानक अनुभव तर हामी अहिले ठिक छौँ । '
कोरोना भाईरसले लिग स्थगित हुनु अघि अलीले यस सिजन ३५ खेलमा ९ गोल गरेका छन् ।