एजेन्सी । बार्यन म्युनिखले म्यान्चेष्टर सिटीका विङ्गर लिरो सानेलाई ५० मिलियन पाउण्डको प्रस्तावको तयारी गरेको छ ।
द टेलिग्राफका अनुसार जर्मन महारथी क्लब बार्यनले सानेलाई जर्मन फर्काउन सो रकम प्रस्तावको तयारी गरेको हो ।
बुन्डेशलिगा च्याम्पियन सिटीका विङ्गर अनुबन्धमा जोड गरिरहेको छ । खेलाडी सरुवा बजार खुल्ने बित्तिकै बार्यन सानेलाई बुन्डेशलिगा क्लबमा अनुबन्ध गर्न चाहन्छ ।
सानेको ईतिहाद स्टेडियम क्लबसंग एक सिजनको सम्झौता मात्र बाँकी रहेको छ । सिटीले यसअघि ३५ मिलियन पाउण्डको प्रस्तालाई अस्विकार गरेको थियो ।
चोटबाट मैदान फर्कन संघर्ष गरिरहेका सानेलाई बार्यन समर ट्रान्सफरमा जर्मन फर्काउन चाहन्छ । तर सिटीले सानेका लागि उपयुक्त प्रस्तावको प्रतिक्षा गरिरहेको छ ।
साने सन् २०१६ मा साल्केबाट प्रिमियर लिग क्लब सिटी आएका थिए । उनले सिटीका लागि १ सय ३४ खेल खेल्दै ३९ गोल गरेका छन् ।