एजेन्सी । सिरि ए फुटबल जुनको दोस्रो साता पुन सुरु गर्ने तयारी गरिएको छ ।
सरकारले अनुमती दिएको खण्डमा सिरि ए जुनको १३ गतेबाट सुरु गर्ने तयारी गरिएको हो ।
भिडियो कन्फ्रेन्समार्फत लिगको साधारण सभाले सरकारी निर्णय र मेडिकल प्रोटोकलका आधारमा लिग पुन सुरु हुने मितिलाई अनुमती प्रदान गरेको हो ।
शीर्ष डिभिजनका क्लबहरु मेको सुरुवातबाट अभ्यासमा रहेका छन् । खेलाडीहरु ब्यक्तिगत रुपमा अभ्यास गरिरहेका छन् ।
सिरि ए फुटबल मार्च ९ बाट अनिश्चित समयका लागि स्थगित गरिएको थियो । लिगका १२ चरणका खेलहरु अझै बाँकी रहेका छन् ।
युभेन्ट्स लगातार नवौं पटक उपाधि रक्षाका लागि अगाडी देखिएको छ ।
क्लबहरुको सामुहिक अभ्यास सोमबारबाट सुरु हुनेछ ।
ईटाली कोरोनाका कारण धेरै प्रभावित हुने मुलुकमा पर्छ । कोरोनाकै कारण धेरै खेलाडी समेत प्रभावित बनेका थिए ।
गत हप्तामात्र फ्लोरेन्टिनाका खेलाडी तथा तीन स्टाफलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । त्यस्तै, टोरिनोका खेलाडीमा समेत कोरोनाको संक्रमण देखिएको थियो ।