एजेन्सी । इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रिमियर लिग क्लब चेल्सीमाथि ट्रान्सफरमा लगाईएको प्रतिबन्धको विषयमा एफएले फिफाविरुद्ध मुद्दा तयार गरेको हो ।
मुद्दाको सुनुवाई अर्को महिना हुने स्काई स्पोर्ट्सले जनाएको छ ।
कम उमेरका खेलाडी अनुबन्धन गर्दा फिफाको नियम उल्लंघन गरेको भन्दै चेल्सीलाई फिफाले २ सिजन खेलाडी किनबेचमा प्रतिबन्ध लगाएको थियो ।
फिफाले चेल्सीलाई प्रतिबन्धसँगै ४६० मिलियन पाउण्ड जरिवाना गरेको थियो । यस्तै फिफाले एफएलाई समेत ३९० मिलियन पाउण्ड जरिवाना लगाएको थियो ।
त्यसपछि चेल्सीले प्रतिबन्ध फुकुवाका लागि फिफासंग अपिल गरेको थियो । तर, फिफाले उक्त अपिल खारेज गरेको थियो ।
फिफाले अपिल खारेज गरेपछि चेल्सीले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) मा समेत अपील गरेको थियो ।
चेल्सीले युवा खेलाडी अनुबन्ध गर्दा १८ वर्ष मुनिका बिदेशी खेलाडी अनुबन्ध गरेको कारण फिफाले प्रतिबन्ध लगाएको हो । चेल्सीले बेरट्रान्ड ट्राओरेसहित १८ वर्ष मुनिका खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको बताएको छ ।