एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित अष्ट्रियाको शीर्ष डिभिजनको बुन्डेस लिगा फुटबल जुनबाट सुचारु हुने भएको छ ।
अष्ट्रिया सरकारले अनुमति दिएसँगै लिगको बाँकी खेल जुनबाट सुचारु हुने भएको हो ।
लिगको सुचारु मिति तय भएको छैन । तर, जुन ६/७ बाट लिग सुचारु गर्ने तयारी गरिएको छ ।
सरकारले टिमको प्रशिक्षण शुक्रबारबाट गर्न समेत अनुमति दिएको छ । तर, खेलाडीले २ मिटरको दुरी कायम गर्नु पर्नेछ ।
सबै खेलाडीको कोरोना परिक्षण समेत गर्नु पर्नेछ ।
यस सिजन लिगमा १० चरणको बाँकी रहेको छ ।
यस सिजन लिन्ज एलएएसके शीर्ष स्थानमा रहेको छ । लिन्ज साविक विजेता आरबी साल्जवर्ग भन्दा ३ अंकले अघि रहेको छ ।
कोरोनाको कारण अष्ट्रियामा ६ सय बढीको मृत्यु भईसकेको छ । १५ हजार बढीमा संक्रमण देखिएको छ ।