एजेन्सी । फ्रेन्च क्लब मार्सेलीका स्टार डिमित्री पायटले आफु क्लबमा निकै खुसी रहेको बताएका छन् ।
युरो स्पोर्ट्ससँग कुरा गर्दै पायटले मार्सेली आएपछि आफु खुसी रहेको र क्लब छाड्नेबारे नसोचेको बताएका छन् ।
'मैले मार्सेलीमा निकै राम्रो महसुस गरेको छु,' ३३ वर्षे पायटले भने, 'फुटबलमा के हुन्छ थाहा छैन तर दुईबीच कस्तो अवस्था सिर्जना हुन्छ । सरुवाबारे हाम्रो कुनै योजना छैन ।'
फ्रान्सेली विंगर पायट सन् २०१७ मा इंग्लिस क्लब वेष्ट ह्यामबाट मार्सेली आएका थिए ।
'आज म निकै खुसी छु मैदान बाहिर र मैदानमा । अर्को वर्ष म यसलाई कायम राख्ने छु,' पायटले भने ।
यस सिजन क्लबका लागि उनले २२ लिग खेलमा ९ गोल गरेका थिए । तर, कोरोना भाईरसको महामारीको कारण लिग वान रद्द गरिएको छ ।
कोरोनाले लिग रद्द हुनु अघि मार्सेली लिगको दोस्रो स्थानमा रहेको थियो । शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन बनेको थियो ।
पायटले फ्रान्सका लागि ३८ खेल खेलेका छन् । तर, सन् २०१८ को विश्वकपमा उनी टिममा थिएनन् ।