एजेन्सी । इंग्लिस क्लब न्युकासल युनाइटेडले स्पेनिस क्लब रियल मड्रिडका विंगर ग्यारेथ बेल अनुबन्धको तयारी थालेको छ ।
न्युकासलले बेललाई यस समरमा प्रिमियर लिग फर्काउने तयारी गरेको डेलीमेलले जनाएको छ ।
वेल्सका फरवार्ड बेलका लागि न्युकासलले ५३ मिलियन पाउण्ड खर्चने तयारी गरेको समेत डेलीमेलले जनाएको छ ।
साउदी अरेबियन लगानी भित्रिएपछि न्युकासलले पछिल्लो समय ठुला खेलाडी अनुबन्धको तयारी गरिरहेको छ ।
३० वर्षीय बेल सन् २०१३ मा टोटेनहमबाट रियल गएका थिए । तर, पछिल्लो केहि सिजन यता बेल स्पेनिस राजधानीमा खुसी देखिएका छैनन् ।
गत सिजन निकै कम मौका पाएका बेलले यस सिजन भने मैदान उत्रने मौका पाईरहेका थिए ।
बेलले रियलका लागि ला लिगा, च्याम्पियन्स लिग, कोपा डेल रे, क्लब विश्वकप लगायतका ठुला उपाधि जितिसकेका छन् ।
बेल गत सिजन चिनियाँ क्लब जाने हल्ला समेत चलेको थियो ।
यस्तै डेभिड बेकह्यामको एमएलएस क्लब इन्टर मियामीले समेत बेल अनुबन्धको प्रयास गरेको थियो ।