एजेन्सी । बार्सिलोनका पूर्व अध्यक्ष जोन लापोर्ताले प्रशिक्षक पेप ग्वार्डीओलालाई पुन क्लबमा फर्काउन चाहेको बताएका छन् ।
सन् २००८ मा ग्वार्डीओलालाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेका लापोर्ताले उनलाई पुन सोही जिम्मेवारीमा दोहर्याउन चाहेको बताएका छन् ।
लापोर्ताले बार्सिलोना क्लबको आगामी नेतृत्वका लागि पुन चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् । उनले आफु अध्यक्षमा निर्वाचित भएको खण्डमा ग्वार्डीओलालाई पुन क्लबमा जोड्ने बाचा गरेका हुन् ।
म्यान्चेष्टर सिटीको नेतृत्वमा सम्हालिरहेका ग्वार्डीओलाको सम्झौता अर्को बर्ष सकिदैछ ।
लापोर्ताले धेरै क्याटलानहरु ग्वार्डीओला बार्सिलोना फर्केको हेर्न चाहेको समेत उल्लेख गरे ।
ग्वार्डीओलाले बार्सिलोनामा सफल कार्यकाल बिताएका थिए । तर उनी अहिले प्रिमियर लिग क्लब सिटीसंग छन् । उनले आफ्नो भविष्यको बिषयमा केही उल्लेख गरेका छैनन् ।

लोपार्ता सन् २००८ मा बार्सिलोनाको अध्यक्ष थिए । उनले शनिबार राति क्लबको नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले क्लब छाड्ने तयारीमा रहेका अध्यक्ष जोसेप बर्टामेउलाई प्रतिस्थापन गर्दै ग्वार्डीओलालाई पुन क्लबमा फर्काउने बताएका हुन् ।
'म उनलाई फर्काउन निकै उत्सुक छु । उनी अहिले सिटीमा छन् । अब उनले निर्णय लिने बिषय हो ।' ५७ बर्षका लोपार्ताले भनेका छन् ।
'उनी बार्सिलोनाका मानक हुन् । उनी बार्सिलोना फर्किएर क्लबलाई प्रशिक्षण दिएको धेरै क्याटलान हेर्न चाहन्छन् ।' उनले थपे ।

लापोर्ताले प्रशिक्षकको रुपमा क्लबका पूर्व मिडफिल्डर जाभीको विकल्पमा शंका व्यक्त गरे ।
क्लबका पूर्व मिडफिल्डर जाभी बार्सिलोनाको प्रशिक्षक रुपमा देखिन चाहन्छन् । उनले म्यान्चेष्टर सिटीका फरवार्ड रहिम स्टर्लिङलाई क्लबले अनुबन्ध गर्नुपर्ने राय समेत दिएका थिए ।
'उचित भएको म व्यक्तिको बिषयमा बोल्नेछु ।' लापोर्ताले भने, 'उनी अहिलेपनि प्रशिक्षक छन् । उनी फुटबलमै बाँचेका छन् । उनले अवस्था अनुसार निर्णय गर्न आवश्यक छ ।'