एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीको मूल कम्पनि सिटी फुटबल ग्रुप (सीएफसी) ले बेल्जियमको दोस्रो डिभिजन क्लब लोमेल एसकेमा लगानी गर्ने भएको छ ।
क्लबको शाखा विश्वभर फैल्याउने उदेश्य लिएको सीएफसी बेल्जियम क्लबमा लगानी लगाउँन सफल भएको हो । सीएफसीले लोमेलमा १.७५ मिलियन पाउण्ड लगानी गर्ने बताईएको छ ।
यस सिजन कोरोना भाईरसको महामारीले लिग स्थगित हुनु अघि लोमेल छैटौं स्थानमा रहेको थियो ।
यससँगै सीएफसीले विश्वभर लगानी गरेको क्लब आठ पुगेको छ ।
गत वर्ष सीएफसीले इण्डियन सुपर लिग क्लब मुम्बईमा लगानी गरेको थियो ।
सिटीले यस अघि अमेरिकाको न्युयोर्क सिटी, अष्ट्रेलियाको मेलबर्न सिटी, जापानको योकोहामा, चीनको सिचुवान, एट्लेटिको टोर्के र जिरोना लगायतका क्लबमा लगानी गरिसकेको छ ।