थापाद्वारा विदेशी खेलाडीलाई राहत

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन् ।
वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक थापाले सोमबार काठमाडौंको नयाँबजारमा रहेका विदेशी खेलाडीलाई खाद्यान्न सहयोग गरेका हुन् ।
नेपालमा बसेर विभिन्न क्लबबाट सहिद स्मारक ए डिभिजन लिग लगायत विभिन्न प्रतियोगिता खेल्दै आएका करिब १० जना विदेशी खेलाडीलाई थापाले खाद्यान्न सहयोग गरेका हुन् ।
उनले चामल, दाल, नुन, तेल, बिस्कुटसँगै विभिन्न तरकारी सहयोग गरेका थिए । थापाले नेपालमा बसेर फुटबल खेलिरहेका अन्य विदेशी खेलाडीलाई पनि रुपमा सहयोग गरिरहने जानकारी दिए ।
कोरोना भाइरसको सन्त्रास र लकडाउनका कारण समस्यामा परेका खेलाडीलाई सहयोग गरेकोमा विदेशी खेलाडी एरिक बोल्वेले थापालाई धन्यवाद दिएका थिए ।
नेपाली फुटबलमा लामो समय बिताएका थापाले लकडाउन सुरु भएसँगै विभिन्न स्थानमा राहत वितरण गरेका थिए ।








-1762154705887.png&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)


