एजेन्सी । रियल मड्रिडका डिफेन्डर सर्जियो रामोसले कोरोना भाईरसको महामारीले थलिएको देशको अर्थतन्त्र उकास्न र मानिसको ध्यान भंग गर्न स्पेनले फुटबल चाहेको बताएका छन् ।
मोभीस्टारसँग कुरा गर्दै स्पेनिस डिफेन्डर रामोसले अर्थतन्त्र उकास्न र मानिसको ध्यान भंग गर्न देशले फुटबल सुचारु गर्न चाहेको बताएका हुन् ।
'देश फुटबल चाहन्छ आर्थिक सहयोगीको रुपमा र मानिसहरु ध्यान भंगका लागि फुटबल चाहन्छ,' रामोसले भने ।
कोरोनाको कारण विश्वमा २ लाख ८० हजार मानिसको मृत्यु भईसकेको छ । स्पेनमा मात्र २६ हजार बढीले ज्यान गुमाएका छन् ।
कोरोनाको कारण ला लिगा गत मार्चबाट स्थगित गरिएको थियो । ला लिगा सुचारुको मिति अझै अनिश्चित छ ।
तर, जुन महिनाबाट लिग सुचारु गर्ने तयारी भईरहेको छ । लिगमा अब ११ चरणको खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । रियल मड्रिड भन्दा बार्सिलोना २ अंकले मात्र अघि रहेको छ ।
यस्तै रामोसले भाईरसविरुद्ध जित निकाल्न सबैजना सजक हुनु पर्ने बताए ।
'ला लिगा फेरि सामान्य हुनको लागि हामी अनुशासित हुनुपर्दछ ताकि हामी यस भाईरसलाई हटाउन सक्छौं,' रामोसले थपे।