एजेन्सी । स्पेनिस ला लिगा फुटबलको शीर्ष दुई डिभिजनको लिगमा पाँच खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
ला लिगाले आइतबार पछिल्लो परिक्षणमा पाँच खेलाडीमा संक्रमण देखिएको जनाएको छ ।
ला लिगाले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन । यस्तै ला लिगाले उनीहरु आइसोलेसनमा रहेको जनाएको छ ।
पछिल्लो समय ला लिगाका खेलाडीको परिक्षणलाई तीब्रता दिएको छ ।
क्लबले प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीको परिक्षण गरिरहेको छ ।
कोरोनाको महामारीको कारण स्थगित लिग आगामी जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । खेल बन्द रंगाशालामा खेलाईने छ ।
स्पेनमा कोरोनाको कारण २६ हजार बढीको मृत्यु भईसकेको छ । यस्तै २ लाख बढीमा संक्रमण देखिएको छ ।