एजेन्सी । डेनमार्कमा पूर्व स्ट्राइकर जेस्पर ग्रोनजेरले डच क्लब आयाक्सका मिडफिल्डर हाकिम जियाच इंग्लिस प्रिमियर लिगमा सफल हुने बताएका छन् ।
गोल डटकमसँग कुरा गर्दै चेल्सी तथा आयाक्सका पूर्व विंगर ग्रोनजेरले जियाच प्रिमियर लिग र चेल्सीमा सफल हुने बताएका हुन् ।
'उहाँ एक राम्रो खेलाडी हो । मलाई लाग्छ चेल्सीमा उनी सुरुवाती-११ मा हुनेछन्,' उनले भने, 'प्राय सबै प्रिमियर लिगका क्लबहरूले जियाच अनुबन्ध गर्न चाहन्छ ।'
चेल्सीले गत फेब्रुवरीमै जियाच अनुबन्धको लागि आयाक्ससँग सहमति गरेको थियो । चेल्सीले समरमा उनलाई सार्वजनिक गर्ने जनाएको थियो ।
तर, कोरोना भाईरसको कारण जियाचको चेल्सी सरुवा समेत प्रभावित हुने सम्भावना बढेको छ ।
जियाचले आफु जुलाई १ बाट चेल्सीको खेलाडी हुने बताउँदै आएका छन्।
लण्डन क्लब चेल्सीले २७ वर्षीय मोरक्कोका मिडफिल्डरलाई ३३.३ मिलियन पाउण्डमा डच क्लबसँग सहमति गरेको थियो ।
कोरोनाको डच लिग रद्द भईसकेको छ । लिग रद्द भएसँगै आयाक्स उपाधि जित्नबाट बन्चित भएको छ ।