एजेन्सी । फ्रेन्च क्लब मोनाकोका स्टार सेस फेब्रिगासले फ्रेन्च लिग वान फुटबल धेरै चाँडो रद्द गरिएको बताएका छन् ।
कोरोना भाईरसको महामारीको कारण स्थगित फेन्च लिग गत महिना रद्द गरिएको थियो ।
लिग रद्द भएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन बनेको थियो । यस्तै अमिन्स र टोलुसे रेलिगेसनमा परेको थियो ।
'यो एउटा ठुलो निर्णय थियो र म बुझ्न सक्छु कि उनीहरूले यो निर्णय गरे,' स्पेनिस मिडफिल्डर फेब्रिगासले बेन स्पोर्ट्ससँग भने, 'तर,यो केहि छिटो निर्णय गरिएको थियो । किनकि ठुला लिगहरु सुचारुको कोशिस गरिरहेका छन् ।'
कोरोनाको कारण स्थगित लिग मध्ये जर्मन बुन्डेस लिगा मे १७ बाट सुचारु हुँदैछ । यस्तै प्रिमियर लिग, ला लिगा र इटालियन सिरी ए सुचारुको तयारी भईरहेको छ ।
खेलाडीको स्वास्थ्यको कारण लिग रद्द गरिएकोमा आफ्नो समर्थन रहेको समेत फेब्रिगासले बताए ।
'यद्यपि म यसको पछाडिको अर्थ पूर्ण रूपमा बुझ्दछु र सबै खाता सुरक्षित रहनु उत्तम हो किनभने सबैभन्दा महत्त्वपूर्ण परिवार र सबैको स्वास्थ्य सुरक्षा हो र म शतप्रतिशत समर्थन गर्छु,' फेब्रिगासले भने ।
यस सिजन लिग रद्द हुनु अघि मोनाको लिगको नवौं स्थानमा रहेको थियो ।