एजेन्सी । लेष्टर सिटीका मिडफिल्डर जेम्स म्याडिसनले दोस्रो संकरणको 'ई प्रिमियर लिग' फुटबलको उपाधि जितेका छन् ।
इंग्लिस प्रिमियर लिगको अनलाईन गेम 'ई प्रिमियर लिग' को फाइनलमा म्याडिसनले सेफिल्ड युनाइटेडका जोन इगानलाई पराजित गरे ।
फाइनलमा इंग्ल्यान्डका मिडफिल्डर म्याडिसनले जोनलाई ५-१ ले हराएर उपाधि जितेका हुन् ।
स्काई स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गरिएको प्रतियोगिताको सेमिफाइनलमा म्याडिसनले एस्टन भिल्लाका डाभिसलाई हराएका थिए ।
यस अघि पहिलो संकरणको उपाधि वुल्भ्सका पोर्चुगिज फरवार्ड डिएगो जोटाले जितेका थिए ।
कोरोना भाईरसको महामारीविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिसलाई सहयोग जुटाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।
कोरोनाको कारण प्रिमियर लिग स्थगित गरिएको छ । लकडाउनको कारण खेलाडीहरु समेत घरमै बसेका छन् ।