एजेन्सी । बेल्जियमका लिजेण्ड इभान कार्डोबाले म्यान्चेष्टर युनाईटेडले फरवार्ड रोमेलु लुकाकुको क्षमता नबुझेको बताएका छन् ।
युनाईटेडले सन् २०१७ मा एभर्टनबाट चर्को मुल्यका बेल्जियमका अन्तराष्ट्रिय फरवार्डलाई टिममा अनुबन्ध गरेको थियो ।
लुकाकुले युनाईटेडका लागि ९६ खेलमा कीर्तिमानी ४२ गोल गरेका थिए । आले गुनर सोल्सायरले जोसे मौरिन्होको स्थान लिएपछि लुकाकु प्राथमिकतामा पर्न छाडेका थिए ।
सोही कारण लुकाकुले नयाँ गन्तव्यको रुपमा ईन्टर मिलान रोजेका थिए । ईन्टर मिलान पनि २६ बर्षिया फरवार्डलाई ईटाली लैजान राजी देखिएको थियो ।
ईन्टर मिलानमा लुकाकुको सानदार उपस्थिती देखेर आफु खुसी रहेको कार्डोबा बताउँछन् ।
ईन्टरका पूर्व डिफेन्डर समेत रहेका कार्डोबाले भने, ‘लुकाकु उद्भुत खेलाडी हुन् ।’
‘युनाईटेडले खेलाडीको क्षमता बुझेन । अन्तिम सिजन उनका लागि खराब रह्यो । उनले विजेता बन्नका लागि सबै चिज प्रमाणित गरेका थिए ।’ उनले भने ।
‘उनी दृढ थिए । प्रिमियर लिगले उनमा धेरै सुधार गरेको थियो । मैले उनलाई भेटेको थिए, उनी चेन्जिङ रुपमा सकारात्मक नेता देखिन्छन् ।
युनाईटेडले उनलाई बेच्नु लज्जाको बिषय हो । मलाई खुसी लाग्यो, उनलाई ईन्टरले किन्यो ।’ उनले भने ।

लुकाकुले केही परिचित अनुहार सहित ईन्टर मिलानमा जाने मौका पाएका थिए । युनाईटेडबाटै एस्ले योङ, टोटेनहमबाट क्रिस्टियन ईरिक्सन र चेल्सीबाट लोनमा भिक्टोर मोसिस ईन्टर मिलानमा रहेका छन् ।
सबै सम्झौताले ईन्टरलाई फाईदा गर्ने कार्डोबा बताउँछन् ।
‘इरिक्सन र योङ उत्कृष्ट खेलाडी हुन् । उनीहरुले ईन्टरलाई दृढ संकल्प र ताकत दिनेछन् । मलाई खुसी लाग्छ, उनीहरुले ईन्टर रोजेका छन् ।’ उनले भने, ‘ईरिक्सन टोटेनबाट आए । योङ युनाईटेडका विम्ब हुन् । ईन्टरले दुई ठुला खेलाडी किन्न सक्यो ।’
कोन्टे नेतृत्वको टिम सिरि एको अबरुद्ध सिजन पुन सुरु हुने प्रतिक्षामा रहेको छ । क्लब लिग तालिकको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको युभेन्ट्स भन्दा ईन्टर ९ अंकले पछाडी छ । सिरि एमा १३ चरणका खेल बाँकी रहेका छन् ।