एट्लेटिको मड्रिडका डिफेन्डरलाई कोरोनाको संक्रमण
शनिबार, बैशाख २७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका डिफेन्डर रिनन लोडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
टिमको प्रशिक्षण गर्नु अघि गरिएको परिक्षणमा डिफेन्डर लोडीलाई कोरोनाको संक्रमण देखिएको हो ।
गत बुधबार गरिएको परिक्षणमा लोडीलाई कोरोना पोजेटिभ देखिएको हो ।
अन्य ९ खेलाडीमा भने कोरोना नेगेटिभ देखिएको बताईएको छ ।
ब्राजिलियन डिफेन्डर लोडीलाई गत मार्चमै कोरोनाको लक्षण देखिएको बताईएको छ ।
यस्तै अब उनले थप १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।
 
२२ वर्षे डिफेन्डर लोडी प्रशिक्षक डिएगो सिमोनका मन पर्ने खेलाडी हुन् ।
यस सिजनको च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्धको अन्तिम १६ को पहिलो लेगमा लोडी म्यान अफ दि म्याच चुनिएका थिए ।













