एजेन्सी । फ्रेन्च क्लब मोनाकोका प्रशिक्षक रोबर्टो मोरानोले बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमार अनुबन्ध गर्ने बताएका छन् ।
बार्सिलोनाका पूर्व सहायक प्रशिक्षक समेत रहेका मोरानोले क्लबले सर्वश्रेष्ठ खेलाडी रुचाउँने भएको कारण नेयमारलाई अनुबन्ध गर्ने बताएका हुन् ।
'नेयमारलाई बार्सिलोनाले पुन: अनुबन्ध गर्नेछ,'उनले भने, 'बार्सिलोनासँग विश्वका सर्वोकृष्ट खेलाडी हुनुपर्छ । ती मध्ये नेयमार एक हुन् । जसले फरक बनाउने छन् ।'
बार्सिलोना चार सिजन बिताएर नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा पीएसजी गएका थिए । तर, पछिल्लो समय नेयमार पीएसजीमा खुसी नभएको बताईएको छ ।
चार सिजन क्लबमा रहदा नेयमारले बार्सिलोनाका लागि १ सय ५ गोल गरेका थिए ।
'म पक्का छु कि बार्सिलोना नेयमारलाई चाहिरहेका छन्,' मोरानोले थपे ।
कोरोना भाईरसको महामारीको कारण क्लबमा पर्न गएको आर्थिक संकटको कारण भने नेयमारको सरुवा रोकिने बताईएको छ । क्लबको आर्थिक संकटको कारण बार्सिलोनाले पीएसजीको मागलाई थेग्न नसक्ने बताईएको छ ।
कोरोनाको कारण फ्रेन्च लिग रद्द भएको छ । यस्तै स्पेनिस ला लिगा स्थगित गरिएको छ ।
कोरोनाको कारण आर्थिक संकट परेपछि बार्सिलोना लगायतका ठुला क्लबले खेलाडीको तलब कटौती गरिसकेका छन् ।