एजेन्सी । वेल्सका स्ट्राइकर ड्यानिल जेम्स गत सिजन लिड्स युनाइटेड जान चाहन्थे ।
लिड्स जान जेम्स समेत सहमत भएका थिए । तर, स्वान्सी सिटीले जेम्सलाई म्यानचेस्टर युनाइटेडलाई बेचेको थियो ।
लिड्स जान नपाएपछि जेम्स निकै रिसाएका थिए । रिसको कारण उनले आफ्नो मोबाईल समेत फ्याकेका थिए ।
'मैले सबै कागजातमा हस्ताक्षर गरे । यो क्लब टुक्लबको थियो । मानिसहरुले के भईरहेको छ भनेर मेसेज गर्थे । के भईरहेको थियो मलाई थाहा थिएन्,' जेम्सले भने, 'मैले स्वान्सीका अध्यक्षलाई फोन लगाए । के भईरहेको छ सोधे । त्यस क्षण म पागल भएको थिए । मैले मोबाईल फ्याकीदिए ।'
२२ वर्षे विंगरलाई युनाइटेडले १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । यस सिजन उनले ३७ खेलमा ४ गोल गरेका छन् ।
यस्तै जेम्सले त्यस समय लिड्सका प्रमुख कार्यकारी रिसाएको समेत बताए ।
'मैले सोचे कि यो वास्तविक होइन । लिड्सका प्रमुख कार्यकारी त्यस समय खुसी थिएनन् । यो अनौठो स्थिति थियो,' उनले थपे ।
जेम्सले वेल्सका लागि १० खेल खेलेका छन् ।