एजेन्सी । कोरोना भाईरसको महामारीकाबीच दक्षिण कोरियाको शीर्ष डिभिजनको के लिग वानको नयाँ सिजन सुरु भएको छ ।
जेन्जु स्टेडियममा शुक्रबार भएको सिजनको पहिलो खेलमा जेनबक मोटर्सले जित निकालेको छ ।
जेनबकले १० खेलाडीमा सिमित सुवन ब्लुविङ्सलाई १-० गोल अन्तरले हराएको हो ।
जेनबकको जितमा ली डोङ गुकले खेलको ८४ औं मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि खेलको ७५ औं मिनेटमा टेरी एन्टोनिसले रातो कार्ड पाउँदा सुवन १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै जेनबकले पहिलो खेलमा ३ अंक जोडेको छ ।