एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका डिफेन्डर केली वाल्करले लकडाउन उलंघन नगरेको दाबी गरेका छन् ।
कोरोना भाईरसको महामारीपछि सरकारले लगाएको लकडाउन दुई पटक उलंघन गरेपनि वाल्करले आफ्नो बचाउ गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा वाल्करले लकडाउन उलंघनको समाचारले आफु र परिवारलाई पीडा दिएको समेत बताएका छन् ।
'मैले सोचे कि म लामो समयसम्म चुप बसु । तर, म र मेरो परिवारबारे पछिल्लो पटक प्रकाशित भएपछि सार्वजनिक रुपमा कुरा गर्नुको विकल्प छैन,' उनले लेखेका छन्, 'हालै मैले मेरो जीवनको कठिन अवधिहरु पार गरे । जसको म पुरा जिम्मेवारी लिन्छु । यद्दपी मलाई लाग्छ म पीडित भईरहेको छु ।'
इन्ग्लिश डिफेन्डर केलीले लकडाउनको समय घरमा पार्टीको आयोजना गरेको खुलासा भएको थियो । पार्टी आयोजना गरेको पाईएपछि सिटीले वाल्करलाई कारबाही गर्ने चेतवानी दिएको थियो ।
पछिल्लो पटक आफ्नो परिवार र बहिनीलाई भेट्न सेफिल्ड गएपछि वाल्कर पुन: विवादमा आएका थिए ।
यस्तै वाल्करले आफ्नो बहिनीको जन्मदिनमा कार्ड दिन र आमाबाबुको खाना खान गएको समेत उल्लेख गरेका छन् ।