एजेन्सी । इंग्लिस क्लब टोटेनहमका फरवार्ड सन ह्युङ मिनले सैन्य तालिम पुरा गरेका छन् ।
दक्षिण कोरियाका फरवार्ड सनले तीन हप्ते सैन्य तालिम सम्पन्न गरेका हुन् ।
सनले जेजु टापुमा रहेको मारिन क्रप्स बुट क्याम्पबाट तालिम सकेका हुन् । उनले गत अप्रिल ३० बाट तालिम सुरु गरेका थिए ।
कोरोना भाईरसको कारण प्रिमियर लिग स्थगित भएपछि २७ वर्षे फरवार्ड सैन्य सेवाका लागि दक्षिण कोरिया फर्किएका थिए ।
दक्षिण कोरियाली सरकारको नियम अनुसार नागरिकले अनिवार्य सैनिक तालिम लिनुपर्ने हुन्छ । तर, राष्ट्रको लागि योगदान दिने व्यक्तिहरुले भने उक्त अवधिमा छुट पाउने गरेको छ ।

दुई वर्ष अघि एसियाली खेलकुदमा सनको कप्तानीमा कोरियाले फुटबलमा स्वर्ण जितेपछि उनको सैन्य सेवा केहि घटाईएको हो । सनसहित उक्त टिमका सबै खेलाडीको सैन्य सेवा घटाईएको थियो ।
कोरोनाको कारण प्रिमियर लिग अनिश्चित कालका लागि स्थगित गरोएको छ । सैन्य तालिम सकेपछि सन यसै महिना लण्डन फर्कने तयारीमा छन् ।