एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सहायक प्रशिक्षक माईकल क्यारिकले खेलाडी मानसिक रुपमा तयार भएपछि मात्र टिमको प्रशिक्षण गर्नु पर्ने बताएका छन् ।
क्लबको टेलिभिजन एमयुटिभीसँग कुरा गर्दै क्यारिकले क्लबको प्राथमिकता खेलाडीको मानसिक स्वास्थ्य रहेको बताउँदै खेलाडी तयार भएपछि मात्र प्रशिक्षणमा फर्कनु पर्ने बताए ।
'हामी फिटनेसमा फर्कने र खेलमा फर्कने कुरा गरिरहेका छौं तर यदि उनीहरूले मानसिक रुपमा हुन्छ भनेमा,' क्यारिकले भने, 'तपाई र हामी जस्तै तपाइँका साथीहरू र परिवारहरू तयार हुनुपर्छ । स्पस्ट रुपमा खेलाडीहरूको परिवार पनि।'
कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डमा लकडाउन गरिएको छ । यस्तै गत मार्चबाट प्रिमियर लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

पछिल्लो समय भने प्रिमियर लिग सुचारुको तयारी भईरहेको छ । तर, सुचारुको मिति तय भएको छैन ।
आर्सनल, एभर्टन लगायतका क्लबले खेलाडीको व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेको छ । तर, युनाइटेडका खेलाडीले भने घरमै सामान्य अभ्यास गरिरहेका छन् ।
क्यारिकले अहिलेको मुख्य चुनौती भने लिग सुचारु भएको समेत बताए ।
'यो सबै भन्दा ठुलो चुनौती हो । वास्तवमै सुचारुको मिति तय नहुनु,' क्यारिकले भने ।
कोरोनाको कारण फ्रेन्च लिग वान स्थगित भईसकेको छ । यस्तै जर्मन बुन्डेस लिग मे १६ बाट सुचारु हुने तय भएको छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।