एजेन्सी । इंग्लिस क्लब न्युकासलले ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होका लागि मोटो रकम खर्चने भएको छ ।
बार्सिलोनाका मिडफिल्डर कौटिन्होका लागि न्युकासलले ७० मिलियन पाउण्ड खर्चने भएको छ ।
स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले न्युकासलको प्रस्तावलाई बार्सिलोनाले स्वीकार गरेको समेत जनाएको छ ।
साउदी अरेबियन लगानी भित्रिएपछि न्युकासलले ठुला खेलाडी अनुबन्धको तयारी गरिरहेको छ ।
कोरोना भाईरसको कारण क्लबमा देखिएको आर्थिक संकटको कारण बार्सिलोनाले जर्मन क्लब वायर्न म्युनिखमा लोनमा खेलिरहेका कोटिन्होलाई बेच्न तयारी गरेको हो ।
कौटिन्होलाई सन् २०१८ मा बार्सिलोनाले लिभरपुलबाट १४२ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
तर, बार्सिलोनामा २७ वर्षीय मिडफिल्डर आफुलाई प्रमाणित गर्न सकेनन् । जसको कारण यस सिजन बार्सिलोनाले उनलाई लोनमा जर्मन क्लब वायर्न पठाएको थियो ।
वायर्नमा भने उनले यस सिजन उत्कृष्ट खेलिरहेका छन् । यस सिजन कौटिन्होले ३२ खेलमा ९ गोल र गोलका लागि ८ पास उपलब्ध गराएका छन् ।