एजेन्सी । ईटालियन क्लब फियोरेन्टिनाका तीन खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
ईटालियन सरकारले सिरि ए क्लबलाई अभ्यास गर्न अनुमती दिएसंगै फियोरेन्टिनाका खेलाडी तथा स्टाफमा कोरोनाको संक्रमण देखिएको हो ।
सरकारले सिरि ए क्लबलाई व्यक्तिगत रुपमा अभ्यास गर्न अनुमती दिएको थियो । संक्रमित खेलाडी तथा स्टाफलाई अलग गरेर उपचार प्रक्रिया सुरु गरिएको छ । बाँकी खेलाडीको मेडिकल र फिटनेस परिक्षण गर्ने तयारी गरिएको छ ।
एक टोरिनोका खेलाडीलाई समेत बुधबार कोरोनाको लक्षण देखिएपछि एकान्तवासमा लगिएको थियो । क्लबले संक्रमित खेलाडीको नाम सार्वजनीक गरेको छैन ।
ईटालीले ८ हप्ता लकडाउन गरेपछि विस्तारै प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ ।
सिरि एका क्लबहरु अभ्यासमा फर्किएका छन् । तर लिग सुरु हुने बिषयमा कुनै निर्णय भएको छैन ।
'कोरोनाबाट संक्रमितलाई अलग राखेर उपचार प्रक्रिया अघि बढाईएको छ ।' फियोरेन्टिनाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, 'समूहमा रहेका बाँकी मानिसको मेडिकल र फिटनेट परिक्षण गरिनेछ ।'