एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर आन्द्रेस परेराले ब्राजिलियन क्लब सान्तोसबाट खेल्ने चाहना व्यक्त गरेका छन् ।
ग्लोब ईस्पोर्ट्ससँग कुरा गर्दै ब्राजिलियन आन्द्रेसले आफु सान्तोस जानेबारे सोचिरहेको बताएका छन् । तर, तत्काल भने आफु युनाइटेडमै रहने आन्द्रेसले बताए ।
आफ्नो परिवार सान्तोसको भएको र त्यहाँका धेरैले सान्तोसबाट किन नखेलेको भनेर सोध्ने गरेको समेत उनले बताए ।
'म ठुलो भएँ, तब सबैले भने, 'तपाईले हाम्रो सान्तोसको लागि किन खेल्नुहुन्न ?' म जान चाहन्छु तर अहिले जादिन । म युरोपमा फुटबल खेल्न चाहन्छु र म पछि जान्छु,' उनले भने ।
सान्तोसको बुबा ब्राजिलको सान्तोसका स्थानीय बासिन्दा हुन् । तर, आन्द्रेस बेल्जियममा जन्मिए । उनले बेल्जियमको युवा टोलीबाट समेत खेलेका थिए । तर, उनले सन् २०१४ पछि भने ब्राजिलबाट खेल्दै आएका छन् ।
'मेरो सम्पूर्ण परिवार सान्तोसबाट आएको हो । म सानो हुँदा यो हेर्दै हुर्के। म एक खेलाडी बनिरहेको थिएँ र सान्तोसबाट खेल्ने सपना थियो तर म्यान्चेस्टर गए,' आन्द्रेसले भने ।
२४ वर्षे मिडफिल्डर आन्द्रेसले सन् २०१४ मा युनाइटेडको सिनियर टिममा डेब्यु गरेका थिए । उनले सन् २०१६ र १७ को सिजन ग्रानडा र सन् २०१७-१८ को सिजन भ्यालेन्सियाबाट लोनमा खेलेका थिए ।
नर्वेजियन प्रशिक्षक ओले गुनार सोल्सायर आएपछि आन्द्रेसले क्लबमा मौका पाउदै आएका छन् । यस सिजन उनले ३७ खेल खेलिसकेका छन् ।
यस्तै उनले आफुले सान्तोसका लागि उपाधि जित्न चाहेको समेत बताए ।
'म सान्तोसलाई उपाधि दिलाउन चाहन्छु। म त्यहाँ सन्यास र पैसा कमाउन जान्न । म राम्रो खेल्न चाहन्छु र मानिसहरूले भन्ने छन्, 'आन्द्रेस सान्तोसमा छ ।'