फर्नान्डेजको सरुवामाथि फिफाको अनुसन्धान
बिहिबार, बैशाख २५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेजको सरुवामा अनुसन्धान थालेको छ ।
पोचुगिज मिडफिल्डर फर्नान्डेज जनवरीमा स्पोर्टिङ सिपीबाट युनाइटेड आएका थिए ।
तर, फर्नान्डेजको पूर्व क्लब साम्पोडोरियाले उनको सरुवा हुँदा प्राप्त रकमको नाफामा दाबी गरेपछि फिफाले अनुसन्धान गरेको हो ।
युनाइटेडले २५ वर्षे फर्नान्डेजलाई ५५ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।
फर्नान्डेज युनाइटेड सरुवा हुँदा ४ मिलियन पाउण्ड आफुले पाउनुपर्ने साम्पोडोरियाले दाबी गरेको छ ।
फर्नान्डेज सन् २०१७ मा साम्पोडोरियाबाट ८.५ मिलियन युरोमा स्पोर्टिङ आएका थिए ।







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
