एजेन्सी । इटालियन क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबाला कोराना भाईरसबाट मुक्त भएका छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो एक महिनाबाट उपचार गराइरहेका फरवार्ड डिबालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।
डिबालाले बुधबार आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यस अघि डिबालाको चौंथो रिर्पोट भने पोजेटीभ आएको थियो ।
अर्जेन्टिनाका २६ वर्षे फरवार्ड डिबालालाई गत मार्च २१ मा कोरोनाको संक्रमण पुष्टि भएको थियो । डिबालासँगै उनको गर्लफ्रेन्ड ओरिना सबाटिनीलाई समेत कोरोना पोजिटिभ देखिएको थियो ।
यस्तै युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडी र डिफेन्डर डानिली रुगानी भने यस अघि नै कोरोना भाईरसबाट मुक्त भएका थिए ।
कोरोनाको कारण इटालीमा खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
सिरी 'ए' लिगमा यस सिजन युभेन्ट्स शीर्ष स्थानमा रहेको छ ।