एजेन्सी । इटालियन क्लब इन्टर मिलानले बुधबारबाट गर्ने भनिएको आफ्ना खेलाडीको प्रशिक्षण स्थगित गरेको छ ।
इन्टरले आफ्ना सबै खेलाडीमा कोरोना भाईरसको परिक्षण नगरेको कारण प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।
यस अघि इन्टरले बुधबारबाट खेलाडीले व्यक्तिगत प्रशिक्षण गर्ने बताएको थियो ।
कोरोनाको कारण इन्टरका एक फिजियोलाई समेत अस्पताल भर्ना गरिएको छ ।
कोरोनाको कारण गत मार्चबाट सिरी ए लिग स्थगित गरिएको छ ।
यस सिजन इन्टरले उत्कृष्ट खेलिरहेको छ । यस सिजन इन्टर लिगको तेस्रो स्थानमा रहेको छ ।
कोरोनाको कारण इटाली सर्वाधिक प्रभावित हुने देशमा पर्छ । इटालीमा २९ हजार बढीले ज्यान गुमाईसकेका छन् ।